Wednesday, February 13, 2013

गजल



  • अभागी कान्छा गाउले

    मेरो माया तिम्ले अचेल, मारेर पो के हुन्छ र !
    दिल्को बाटो काँडे तारले, बारेर पो के हुन्छ र !!


    मुटु भित्र छुरा चलाई, नचिने झैँ गरि तिम्ले
    मनै मारी सधै बसाइँ, सारेर पो के हुन्छ र !!

    जहाँ देखे ढुङ्गा अबिर, तिम्रै लागि पुज्ने गर्छु !
    दुनियाँको नजर बाट, झारेर पो के हुन्छ र !!

    तिम्रै खुशी मागी रहन्छु, आँशुमा म डुबे पनि
    बाटै मोडी क्षितिज पारि, तारेर पो के हुन्छ र !!

    तिमी सुखी देख्न चाहाने, उठे पनि बस्ति मेरै
    जिताएर सधै तिम्लाई, हारेर पो के हुन्छ र !!

    तिमि बिना एक्लै जिउन, जानेर नै बाँची रा'छु !
    सबै बाट एक्लो मलाई, पारेर पो के हुन्छ र !!



    ०१/०३/२०१२

























No comments:

Post a Comment