Sunday, March 31, 2019

गजल

हिन्दा गाडिले बिच बाटोमा मारे देखी हुने ।
यमराजले आफ्नै जालमा पारे देखी हुने ।।


टुटी सके सारा शरीर लोलाइ सके नजर
सबको नजर देखी मलाइ तारे देखी हुने ।।

Friday, March 29, 2019

गजल



बुझाएरै मन मुटु  टुक्रा टुक्रा पारी टाले जिन्दगीलाई !
हिजो फाट्दा मन  जसोतसो सम्हाले जिन्दगीलाई ! !


आफ्नै मुटुले पनि आफैलाइ, चिन्न छाडे पछी हजुर
 कहिले पुरा नहुने दाउमा, मैले हाले जिन्दगीलाई ! !

Thursday, March 28, 2019

शेरहरु

घर देश जस्तो कहा परदेशमा हुन्छ हजुर ।
सम्झिदा ति पल धर धरी मन रुन्छ हजुर ।।

Tuesday, March 5, 2019

गजल : अरु केहि छैन !

~अभागी कान्छा गाउँले~
देशमा एउटा राजधानी छ, अरु केहि छैन !
बैश बिसाउने जवानी छ, अरु केहि छैन !! १

बाँदरहरु बसी रहन्छन, सिंह दरबारका
देश बनाउने कुराकानी छ, अरु केहि छैन !! २

Monday, March 4, 2019

कविता : अरबको कथा

~अभागी कान्छा गाउँले~
तलब आएको पहिलो शुक्रबार को बिहानी,
करिब ७ बजे मोबाइल बज्यो
आँखा चिम्सो पार्दै हेरें-
उनैको थ्यो !
‘उनी’ अर्थात ‘फूलमाया’
एउटा क्लिनिङ्ग कम्पनीमा काम गर्छिन् उनी
स्वर मा मिठास भर्दै ‘हेल्लो’ भनें
”सुतिराख्या हो ?
सुन्नु न, आज हाम्लाई ‘सफारी मल’ लैजान्छन अरे,
८ बजे सम्म मा पुगिन्छ होला
छिट्टो उठेर आउनुस है…”

Saturday, March 2, 2019

गजल : अन्तै डेरा सर्नु भन्दा

~अभागी कान्छा गाउँले~
यता घर सजाएर, अन्तै डेरा सर्नु भन्दा
म नै पहिला मर्नु परोस, तिमी मर्नु भन्दा

पानी भनी जहर पिलाउ, “मन्दी” तिम्रै हातले
छातीमा बसी मुटुमा छुरा, प्रहार गर्नु भन्दा