Tuesday, February 17, 2015

गजल

यो जिन्दगी कसैको, नाममा छ ।
रात दिन अनि सधै, साममा छ ।।

धेरै भन्न बाकी थिए, मन्का कुरा
गुम्सिएका बेनामी यो, खाममा छ ।।

Monday, February 16, 2015

गजल

सोच्दै छु साथ, नपाउदा जे होला ।
बारम्बार याद, नआउदा के होला ।।

कुनै समय, यादले मेरो साथ
बाडुल्की लागि, सताउदा थे होला ।।

Sunday, February 15, 2015

गजल

प्रेमले त्यस्तो, नकाब लिए पछी ।
म बाचु कसरी, तनाब दिए पछी ।।

सकिन्छ बाच्न, जवानिको उर्लदो
प्रेमको उच्च, बहाब सिए पछी ।।

Thursday, February 12, 2015

गजल

ग्रल फ्रेन्ड छाडिन्छ, संबिधान बनेमा !
गधा गाइ देखिन्छ , संबिधान बनेमा !!

खेल यस्तो खेल्छन, बादरहरु सधै
अंकमाल गरिन्छ, संबिधान बनेमा !!

Wednesday, February 11, 2015

केहि शेरहरु

१.
सम्झिएर तिमीलाई, तस्बिर हेरी रुन्छु!
तिमी सुरु अन्त्य मेरो, अतित फेरी रुन्छु !!