Monday, February 11, 2013

प्रणय दिबस बिषेस "गजल"

१.

सुन्छु म प्रति कसैको, झुकाब छ रे आज भोली !
म बिना उन्को जिवन, अभाब छ रे आज भोली !!

मेरै नाममा मायाले, प्रस्ताब गर्न आगनीमा
फुलाएका थरीथरी, गुलाब छ रे आज भोली !!

चोखो माया लत्याएर, प्रेम प्रस्ताब नस्विकारे
मेरै नाम लिई मर्ने, सुझाब छ रे आज भोली !!

दुख्दा पनि हाँस्नै पर्ने, यो अभागीको भाग्य कस्तो
म भन्दा नि उन्लाई धेरै, तनाब छ रे आज भोली !!

तिम्रै याद्मा बाँचेकी छु, हात समाई साथ देउ
उन्को बिहे गरी दिने, दबाब छ रे आज भोली !!

अतित् सम्झी भन्दिनु ल, बाँच्ने आधार "गाउँले"को
दु:ख संग ज्यूँने साथी, सराब छ रे आज भोली !!

१०/०२/२०१३
अभागी कान्छा "गाउंले"
तोपगाछी, झापा







२.
प्रेमको छाप बनाउनु, प्रेम दिवसमा तिमीले !
दिल खोलेर मनाउनु, प्रेम दिवसमा तिमीले !!
गुलाफका बर्साद होलान, कति कति तिमीलाई
रातो गुलाफ सजाउनु, प्रेम दिवसमा तिमीले !!
रङ्ग मन्चमा प्रस्तुत भई, सबैलाई मोहित पार्दै
प्रेमको नसा तनाउनु, प्रेम दिवसमा तिमीले !!
कंहा रहेछ अभागीको, प्रेम दिवस मनाउने
एउटा मन पराउनु, प्रेम दिवसमा तिमीले !!
त्यस्तो बनोस तिम्रो जोडी, प्राण अनन्त सम्मलाई
कसम खाइ बनाउनु, प्रेम दिवसमा तिमीले !!!


३.

मनको कुरा सबै भनी, प्रस्ताब थियो उनी संग !
प्रेमको प्रतिक हातमा, गुलाब थियो उनी संग !!

कत्ति माया गर्थे उन्लाई, हातै काटी नाम लेखे
एकोहोरो मेरो सधै, लगाब थियो उनी संग !!

उमेर उस्तै जवान उस्तै, फरक थियो घर
सम्झी प्रस्ताब अलि-अलि, तनाब थियो उनी संग !!

फर्काएर गए पछी, प्रणयको एउटा चिनो
जवाफ दिनु पर्छ भन्ने, दबाब थियो उनी संग !!

पधेरिमा पानी भर्दा, नजरमा नजर जुध्यो
मुहारलाई छुपाउने, नकाब थियो उनी संग !!

१३/०२/२०१२ 

No comments:

Post a Comment