Tuesday, February 12, 2013

गजल

बाचे भने अर्को साल, फर्की आउछु गाममा आमा ।
मरे भने धागो बाधी, तार आउला खाममा आमा ।।

फुलाई रा’छु फुलहरु, बालुवामा थरि – थरि
कस्ले बुझ्ने पिर ब्यथा, पराई यो ठाममा आमा ।।


पल्लो घरको सानी पनि, हिजो आज यतै देख्छु ।
उन्को पनि ईज्जत यहा, परेको छ लिलाममा आमा ।।

यो महिनाको जम्मा गरि, पठाउने छु सवै पैसा
छैन ज्यान पहिले जस्तो, ध्यान दिनु काममा आमा ।।

भाका नाघ्यो ऋणको भनि, साहुले दुःख दिदै छ रे
ऋण तिरी सवै खेत, गर्नु आफ्नो नाममा आमा ।।

भकानिन्छ मन मेरो, सम्झिएर आफन्तलाई
सम्झी अश्रुधारा झर्छन्, मैले खाने माममा आमा ।।

२८/१२/२०११


अभागी कान्छा गाउँले 
तोपगाछी, झापा

No comments:

Post a Comment