Monday, February 4, 2013

गजल



बोटलको जीन्दगी झैँ, बाँच्नुको के मज्जा भो !
फुटी झरी जाने माया, गाँस्नुको के मज्जा भो !!

बिना तिम्रो कल्पना त, दिन रात एकै भनी
मुटु चुडी लाने माया, साँच्नुको के मज्जा भो !!

  
सुने चर्चा मैले तिम्रो, दुख्यो मुटु त्यसरी
सहनेलाई गाह्रो छ, ढाट्नुको के मज्जा भो !!

बेहोशीमा पिई रहे, उनको नाम लिई
मिर्त्युलाइ अंगालेर, मात्नुको के मज्जा भो !!

हाँसो संगै खुशी लिई, प्राण बाँकी राखेर
बाहिरि हाँसो देखाई,हाँस्नुको के मज्जा भो !!


अभागी
          कान्छा
                    गाउले

No comments:

Post a Comment