Friday, February 1, 2013

गजल




बाँचे भने अर्को साल, फर्की आउँछु गाममा आमा ।
मरें भने धागो बाँधी, तार आउला खाममा आमा ।।
फुलाई रा’छु फूलहरु, बालुवामा थरि– थरि
कसले बुझ्ने पिर ब्यथा, पराई यो ठाममा आमा ।।

पल्लो घरको सानी पनि, हिजो आज यतै देख्छु ।
उनको पनि इज्जत यहाँ, परेको छ लिलाममा आमा ।।
यो महिनाको जम्मा गरी, पठाउने छु सवै पैसा
छैन ज्यान पहिले जस्तो, ध्यान दिनु काममा आमा ।।
भाका नाघ्यो ऋणको भनि, साहुले दुःख दिदै छ रे
ऋण तिरी सवै खेत, गर्नु आफ्नो नाममा आमा ।।
भकानिन्छ मन मेरो, सम्झिएर आफन्तलाई
सम्झी अश्रुधारा झर्छन्, मैले खाने माममा आमा ।।
२४/०२/२०१२ 

No comments:

Post a Comment