Sunday, February 10, 2013

गजल

  • सुख-दुख साट्ने पालो, आउने कैले साथी !
    मुना-मदन जस्तै प्रित, लाउने कैले साथी !!

    सानु संग नजर जोडी, पिरतिको गीत
    पधेरिमा पानि भर्दै, गाउने कैले साथी !!

    जिन्दगीमा बसन्तले, नयाँ पालुवा फेर्दै
    उजाड यो मनको बस्ति,छाउने कैले साथी !!

    आधा उमेर मुग्लानमा, बिती सक्यो हेर
    सानु संग लेख-बेसी, धाउने कैले साथी !!

    हात्मा हात समाई, ताते भन्दै ससुराली
    छोरी संगै जानलाई, पाउने कैले साथी !!
    २०/०२/२०१२

No comments:

Post a Comment