Monday, February 25, 2013

गजल


जा-जा भने सबै मिली, पैले परदेशमा !
दु:ख पिडा झेली रा'छु, मैले परदेशमा !!

बदनमा चोट लाग्दा, आत्मा रोइ रा'छ
सम्झिएर आमालाई, एले परदेशमा !!

मेलापात पर्मा पनि, एक्लै जान्छौ हौली !
एक्लो पारी छाडी आए, जैले परदेशमा !!

बिसन्चो पो भा'कि छौ कि, देख्छु सपनीमा
छाडी जान्न भन्थे आमा, कैले परदेशमा !!

१९/१४/२०१२

No comments:

Post a Comment