Sunday, February 17, 2013

गजल



मेरो मुटु भनि फोटो, छुदै छिन् कि मेरी आमा !
सम्झिएर हिजो आज, रुदै छिन् कि मेरी आमा !!

कति दु:ख खेप्दै होलिन्, बेहिसिमा कैले-कैले
सम्झी-सम्झी मुर्छा पनि, हुदै छिन् कि मेरी आमा !!

गरिबीले सबै लुट्यो, एक्लै पारी प्रदेशीए
आँशुले नै मुहारलाई, धुदै छिन् कि मेरी आमा !!

बिहानीमा बुढो ज्यान, ऐया आथ्था गर्दै पनि
गोठ भित्र कैली गाई, दुदै छिन् कि मेरी आमा !!






No comments:

Post a Comment