Wednesday, February 6, 2013

गजल



सारा सपना सजाएकी, गाउँमा सानी छ साथी !
धेरै माया गर्ने मलाई, मनकी रानी छ साथी !!
 थाहै नपाई अन्जानैमा, माया बस्यो खै कसरि
कुनै दोष छैन् हाम्रो, परिपक्क जवानी छ साथी !!

भनि साध्यै छैन् उनको, माया गराई यस्तो लाग्थ्यो !
संसारमा उ सँग मात्रै, मायाको खानी छ साथी !!

समयले कोल्टे फेरेर, प्रदेशियो जिन्दगी यो
साँचो बोल्ने मेरो एउटा, खराब बानि छ साथी !!

हुरी चल्यो जिन्दगीमा, रहस्यै रहस्यले भरिएर
सुन्दै आँखा रसाउने, जिवन कहानी छ साथी !!

२१/०१/२०१२

No comments:

Post a Comment