Tuesday, February 5, 2013

गजल

एउटा झर्ने अर्को चच्ढ्ने, कालो राजनीति हट्छ कहिले !
छोई सक्नु छैन केही, महङ्गी चाँही घट्छ कहिले !!

बेरोजगारले शिर चुल्यो, युवाहरु मुगलान पसे
हलो जोत्त्ने बृद्धा बा को, मुहार चाँही पढ्छ कहिले !!


बोल्ने एउटा गर्ने अर्को, देश बन्यो धरासायी
भाषण छाडी सत्य कुरा, छाती भित्र गड्छ कहिले !!

राती सुत्दा नेपालमा, बिहान उठ्दा भरत हुन्छ ।
सिमा सुरक्षा बलियो पारी, यो बारेमा लड्छ कहिले !!

दिन सम्म दियो दु:ख, प्रसबको पिडा के थ्यो
देश बिगार्ने नेता सबै, किरा परी सड्ने कहिले !!

                                                २१/०८/२०११

No comments:

Post a Comment