Thursday, February 14, 2013

गजल


कसरी म गरौ बयान, स्वर्ग बाटै झरे जस्ती !
अप्सरा झैँ कति शुन्दर, रुप रंग सरे जस्ती !!

एक झल्को देख्दा उन्लाई, मरी हत्ते गर्ने धेरै
संसारमा  उन्लाई मात्र, त्यस्तो सृष्टि गरे जस्ती !!

भेट हुदा नजर जुधाई, हानेका ती छुराहरु
लाग्छ किन-किन अचेल, मेरै दिल हरे जस्ती !!

उच्च-उच्च हिम शिखर छाल्किएका जवानीले
मदहोस पर्न मलाई, सुगन्ध नै छरे जस्ती !!

गाजालु ती मृग नयन, निश्चल ती मुस्कानमा
उनि मात्र सर्ब गुणले, भरि पूर्ण परे जस्ती !!

                         ०९/०३/२०१२










No comments:

Post a Comment