Wednesday, February 27, 2013

गजल



निर्देशकलाई हात लिए, मैले के बिराए !
कथाले मागेको दिए, मैले के बिराए !!


रंग मंचको दुनियामा, अघि बढ्नलाई 
पार्टीमा एक प्याक पिए, मैले के बिराए !!

Monday, February 25, 2013

गजल


जा-जा भने सबै मिली, पैले परदेशमा !
दु:ख पिडा झेली रा'छु, मैले परदेशमा !!

Sunday, February 24, 2013

गजल



फुल्न लाग्या कोपिलामा, असिनाले चुटे पछी !
काहाँ फुल्नु माटोको त्यो, भाडो सरी फुटे पछी !!

Saturday, February 23, 2013

गजल



नेपालमा दिगो शान्ति, आउनु पर्छ हर्के दाइ !
स्वतन्त्र र खुशियाली, छाउनु पर्छ हर्के दाइ !!

Friday, February 22, 2013

गजल

ठाडो घाटी बोटल साथि, लिएर नयाँ वर्ष !
उन्कै यादमा मनाउदैछु, पिएर नयाँ वर्ष !!

Thursday, February 21, 2013

गजल



बिकासमा अघि बढ्छु, माग्यौ भोट हाले नेता !
ऐले देख्छु औठा छाप, पाले देखी राले नेता !!

Wednesday, February 20, 2013

गजल



कसैको विचार माथि ठेस लाग्न पुगेमा माफी चाहान्छु ! 


बर्षौ बित्यो कानुन छैन्, सार्नु पर्छ नेतालाई !
अब भने त्रिशुलीमा, झार्नु पर्छ नेतालाई !!

Tuesday, February 19, 2013

गजल





धुरु-धुरु रोए आँशु, सुक्छ बुझी दिनु !
हिक्का-हिक्का फेरी सास,रुक्छ बुझी दिनु !!

Monday, February 18, 2013

गजल



जिन्दगीमा हाँसो लिई, आशु दिने मान्छे तिमी !
विश्वासमा धोका दीई, आशु दिने मान्छे तिमी !!

निर्दोश ति नजरले, जाली माया बिछ्याएर
देखावटी सँगै जिई, आशु दिने मान्छे तिमी !!

Sunday, February 17, 2013

गजल



मेरो मुटु भनि फोटो, छुदै छिन् कि मेरी आमा !
सम्झिएर हिजो आज, रुदै छिन् कि मेरी आमा !!

कति दु:ख खेप्दै होलिन्, बेहिसिमा कैले-कैले
सम्झी-सम्झी मुर्छा पनि, हुदै छिन् कि मेरी आमा !!

Saturday, February 16, 2013

गजल




गरीबको झुपडिमा,ओत लाग्ने छाना छैन !
ढुङ्गा गीटी कती कुटौ,छाक टार्ने माना छैन !!


कत्ती दु:ख गरौ दैब, आधा रोटी खाइ सधैं
जाडो गर्मी छेक्ने कुनै, आङ ढाक्ने नाना छैन !!

Friday, February 15, 2013

गजल


एकै छिन्मा बस्मा पार्ने, बात कस्तो नारीको !
साथ दिन्छु सधै भन्ने, हात कस्तो नारीकी !!

नारी बिना जिन्दगी त, हुन्छ बिना नुन्को रे
कल्पनामा एक्लै बित्ने, रात कस्तो नारीकी !!

Thursday, February 14, 2013

गजल


कसरी म गरौ बयान, स्वर्ग बाटै झरे जस्ती !
अप्सरा झैँ कति शुन्दर, रुप रंग सरे जस्ती !!

एक झल्को देख्दा उन्लाई, मरी हत्ते गर्ने धेरै
संसारमा  उन्लाई मात्र, त्यस्तो सृष्टि गरे जस्ती !!

Wednesday, February 13, 2013

गजल



  • अभागी कान्छा गाउले

    मेरो माया तिम्ले अचेल, मारेर पो के हुन्छ र !
    दिल्को बाटो काँडे तारले, बारेर पो के हुन्छ र !!

Tuesday, February 12, 2013

गजल

बाचे भने अर्को साल, फर्की आउछु गाममा आमा ।
मरे भने धागो बाधी, तार आउला खाममा आमा ।।

फुलाई रा’छु फुलहरु, बालुवामा थरि – थरि
कस्ले बुझ्ने पिर ब्यथा, पराई यो ठाममा आमा ।।

Monday, February 11, 2013

प्रणय दिबस बिषेस "गजल"

१.

सुन्छु म प्रति कसैको, झुकाब छ रे आज भोली !
म बिना उन्को जिवन, अभाब छ रे आज भोली !!

मेरै नाममा मायाले, प्रस्ताब गर्न आगनीमा
फुलाएका थरीथरी, गुलाब छ रे आज भोली !!

Sunday, February 10, 2013

गजल

  • सुख-दुख साट्ने पालो, आउने कैले साथी !
    मुना-मदन जस्तै प्रित, लाउने कैले साथी !!

Saturday, February 9, 2013

गजल

निम्तो भन्दै बे'को कार्ड, थमाएर गयौ तिमी !
बोल्न  खोज्यौ तर ओठ, कमाएर गयौ तिमी !!


तिमी संग बिताएका, तिता मिठा पलहरु
क्षण भर् मै एकै ठाउ, जमाएर गयौ तिमी !!

Thursday, February 7, 2013

गजल



रुझेका ति नयन देख्दा, नाचौ म कसो गरी !
रुवाएर तिमीलाई, बाँचौ म कसो गरी !!

Wednesday, February 6, 2013

गजल



सारा सपना सजाएकी, गाउँमा सानी छ साथी !
धेरै माया गर्ने मलाई, मनकी रानी छ साथी !!

Tuesday, February 5, 2013

गजल

एउटा झर्ने अर्को चच्ढ्ने, कालो राजनीति हट्छ कहिले !
छोई सक्नु छैन केही, महङ्गी चाँही घट्छ कहिले !!

बेरोजगारले शिर चुल्यो, युवाहरु मुगलान पसे
हलो जोत्त्ने बृद्धा बा को, मुहार चाँही पढ्छ कहिले !!

गजल


भाषण दिने नेता’जी’ को, बोलीको के भर छ र !
आजको काम आजै गर, भोलीको के भर छ र !!

Monday, February 4, 2013

गजल



बोटलको जीन्दगी झैँ, बाँच्नुको के मज्जा भो !
फुटी झरी जाने माया, गाँस्नुको के मज्जा भो !!

बिना तिम्रो कल्पना त, दिन रात एकै भनी
मुटु चुडी लाने माया, साँच्नुको के मज्जा भो !!

Sunday, February 3, 2013

गजल

तिम्रो नामको सारा चिठ्ठी , जलाउदै छु आज !
ज्वाला भित्र आफैलाई, गलाउदै छु आज !!

छुटाएर मुटुलाई, बांचौ अब कसो गरी
पिई जहर देहलाई, ढलाउदै छु आज !!

गजलको परिचय र संरचना, छोटो जानकारी

ईश्वर दाहाल कविजी


https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgLSVyPmu461zChKYzmNngRnNS4gT6vYZl5VaQhtt7TBDGiiG93szKZAaQDkc6EkrVqG7nQt9jruNPnQvkFyliigY1V2ll3htBTzel-cxKBNCrDa7SIjuuGohNy5j3xcOT3hGBgsc9j4PrG/s1600/iswar+dahal+kabijee.jpg साहित्यका अरु विधा जस्तै गजल पनि परापूर्वकाल देखि नै चल्दै आएको विधा हो । गजलको उद्गम स्थल अरबलाई मानिन्छ । अरबी भाषामा को अर्थ वाणी, को अर्थ नारी र अल को अर्थ को वा सँग हुन्छ । गजल नामाकरण कसरी गरियो यसको एउटै उत्तर भेटिदैन तर पनि अर्थ भने प्राय सबैले एकै किसिमको गरेका छन् । गजलको शाब्दिक अर्थ प्रेमिकासँगको कुराकानी, स्त्रीको वाणी, प्रेमिकाका विषयमा कुराकानी, प्रणयवार्ता, यौवना नारीको वर्णन गर्नु, प्रेमको भावना व्यक्त गर्नु आदि हुन्छ । फारसी भाषामा

Friday, February 1, 2013

गजल




बाँचे भने अर्को साल, फर्की आउँछु गाममा आमा ।
मरें भने धागो बाँधी, तार आउला खाममा आमा ।।
फुलाई रा’छु फूलहरु, बालुवामा थरि– थरि
कसले बुझ्ने पिर ब्यथा, पराई यो ठाममा आमा ।।