Wednesday, February 20, 2013

गजल



कसैको विचार माथि ठेस लाग्न पुगेमा माफी चाहान्छु ! 


बर्षौ बित्यो कानुन छैन्, सार्नु पर्छ नेतालाई !
अब भने त्रिशुलीमा, झार्नु पर्छ नेतालाई !!


कैले यता कैले उता, गर्दै बेच्छ छिमेकीलाई
नेपालको सिमाबाटै, तार्नु पर्छ नेतालाई !!


नियालेर देश हेरे, दुख्थ्यो पक्कै उस्को छाती
भिरमा फल्या, चिचिन्डा झैँ, पार्नु पर्छ नेतालाई !!


आफु कैले गर्ने हैन, गर्नेको नि खुट्टा तान्ने
सबै मिली देशबासी, मार्नु पर्छ नेतालाई !!


द्वन्द अब सधै छाडे, मुद्धिमता यहि हुन्छ !
नयाँ बर्ष संग संगै, हार्नु पर्छ नेतालाई !!















No comments:

Post a Comment