Saturday, February 23, 2013

गजल



नेपालमा दिगो शान्ति, आउनु पर्छ हर्के दाइ !
स्वतन्त्र र खुशियाली, छाउनु पर्छ हर्के दाइ !!

 एक मुठ्ठी सास फेरी, आफु इच्छा बाँच्नलाई
निमुखा र दरिद्रले, पाउनु पर्छ हर्के दाइ !!

किन जाने प्रदेशमा, ख्याउनलाइ दश नङ्ग्रा
आफ्नै पाखा पखेरी मै, धाउनु पर्छ हर्के दाइ !!

जति पुग्छ गरिबीको, कमाइ भित्र बाँच्न जानी
जस्तो हुन्छ, थोत्रे थाम्रे, लाउनु पर्छ हर्के दाइ !!

पाश्चात्यको जरै फाली, नेपालीपन आफ्नै भाका
दोहोरी र लोक भाका, गाउनु पर्छ हर्के दाइ !!

१२/०४/२०१२ 

No comments:

Post a Comment