Sunday, February 3, 2013

गजल

तिम्रो नामको सारा चिठ्ठी , जलाउदै छु आज !
ज्वाला भित्र आफैलाई, गलाउदै छु आज !!

छुटाएर मुटुलाई, बांचौ अब कसो गरी
पिई जहर देहलाई, ढलाउदै छु आज !!


बाँच्ने आसा मरी सके, बाटो अन्तै मोड़े पछि
पलाएका ख़ुशी पानी, बलाउदै छु आज !!

भुल्न गार्हो हुदो रै'छ, दुनियाँमा पैलो प्रेम
ढुक्ढुकी यो छाती भित्र, चलाउदै छु आज !!

बाँचे पनि मरे जस्तै, पर्खाईमा आज पनि
सारा बात सम्झी फेरी, पलाउदै छु आज !!

१९/०१/२०१२

No comments:

Post a Comment