Friday, February 22, 2013

गजल

ठाडो घाटी बोटल साथि, लिएर नयाँ वर्ष !
उन्कै यादमा मनाउदैछु, पिएर नयाँ वर्ष !!

 गाउ बस्दा उनि समिप, हुदाको मजा बेग्लै
उन्को साथ अनि गाउँले, थिएर नयाँ वर्ष !!

धुजा-धुजा  कागज सरी, फाटेको मन आज
प्याक-प्याक लगाउदैछु, सिएर नयाँ वर्ष !!

बनावटी हाँसो देखाई, बाँच्नु नै जिन्दगी भो
बाँचे पनि ज्यूदो लास झैँ, जिएर नयाँ वर्ष !!

सबै तिर खुशी छाओस, मेरो त यस्तै छ है
निष्ठुरीको नाममा आज, खिएर नयाँ वर्ष !!

१३/०४/२०१२ 



No comments:

Post a Comment