Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Sunday, March 31, 2019

गजल

हिन्दा गाडिले बिच बाटोमा मारे देखी हुने ।
यमराजले आफ्नै जालमा पारे देखी हुने ।।


टुटी सके सारा शरीर लोलाइ सके नजर
सबको नजर देखी मलाइ तारे देखी हुने ।।

Friday, March 29, 2019

गजल



बुझाएरै मन मुटु  टुक्रा टुक्रा पारी टाले जिन्दगीलाई !
हिजो फाट्दा मन  जसोतसो सम्हाले जिन्दगीलाई ! !


आफ्नै मुटुले पनि आफैलाइ, चिन्न छाडे पछी हजुर
 कहिले पुरा नहुने दाउमा, मैले हाले जिन्दगीलाई ! !

Tuesday, March 5, 2019

गजल : अरु केहि छैन !

~अभागी कान्छा गाउँले~
देशमा एउटा राजधानी छ, अरु केहि छैन !
बैश बिसाउने जवानी छ, अरु केहि छैन !! १

बाँदरहरु बसी रहन्छन, सिंह दरबारका
देश बनाउने कुराकानी छ, अरु केहि छैन !! २

Saturday, March 2, 2019

गजल : अन्तै डेरा सर्नु भन्दा

~अभागी कान्छा गाउँले~
यता घर सजाएर, अन्तै डेरा सर्नु भन्दा
म नै पहिला मर्नु परोस, तिमी मर्नु भन्दा

पानी भनी जहर पिलाउ, “मन्दी” तिम्रै हातले
छातीमा बसी मुटुमा छुरा, प्रहार गर्नु भन्दा

Thursday, February 28, 2019

गजल : मन बद्लिन्छ !

~अभागी कान्छा गाउँले~
मान्छे बद्लिन्छ, मन बद्लिन्छ !
हेर्दै जाउ उस्को, तन बद्लिन्छ !!

नहेप धेरै, अछुत भनि
काले कामीको, घन बद्लिन्छ !!

Monday, February 25, 2019

गजल : आशु दिने मान्छे तिमी !

अभागी कान्छा गाउँले~
जिन्दगीमा हाँसो लिई, आशु दिने मान्छे तिमी !
विश्वासमा धोका दीई, आशु दिने मान्छे तिमी !!

निर्दोश ति नजरले, जाली माया बिछ्याएर
देखावटी सँगै जिई, आशु दिने मान्छे तिमी !!

Saturday, February 23, 2019

गजल : झुकाब छ रे आज भोली !

~अभागी कान्छा गाउँले~
सुन्छु म प्रति कसैको, झुकाब छ रे आज भोली !
म बिना उन्को जिबन, अभाब छ रे आज भोली !!

मेरै नाममा मायाले, प्रस्ताब गर्न आगनीमा
फुलाएका थरीथरी, गुलाब छ रे आज भोली !!

Friday, February 22, 2019

गजल : मन्दी आएको छ

~अभागी कान्छा गाउँले~
जिबन हलचल गराउदा, मन्दी आएको छ
साच्चै अचम्म मन पराउदा, मन्दी आएको छ

गाजालु ती मृग नयन संगै, काला केश राशी
एकोहोरो हेरी हराउदा, मन्दी आएको छ

Thursday, February 21, 2019

गजल : मेरी आमा

~अभागी कान्छा गाउँले~
मेरो मुटु भनि फोटो, छुदै छिन् कि मेरी आमा !
सम्झिएर हिजो आज, रुदै छिन् कि मेरी आमा !!

कति दु:ख खेप्दै होलिन्, बेहिसीमा कैले-कैले
सम्झी-सम्झी मुर्छा पनि, हुदै छिन् कि मेरी आमा !!

Saturday, February 9, 2019

गजल



जिन्दगीमा हाँसो लिई, आँशु दिने मान्छे तिमी !
विश्वासमा धोका दिई, आँशु दिने मान्छे तिमी !!
निर्दोष ती नजरले, जाली माया बिछ्याएर
देखावटी सँगै जिई, आँशु दिने मान्छे तिमी !!

Friday, January 25, 2019

गजल



तिमी खुशी हुन्छौ भने, हाँस्दै बिदा दिउँला म !
खुशी सबै दीई तिमीलाई, दु:ख सबै लिउँला म !!
भित्री मन रोए पनि, आँशुले अधर धोए पनि
खुशी भई बाँच तिमी, मुटु जलाई जिउँला म !!

Wednesday, January 23, 2019

गजल

यसपाली त के के सुन्छु, पराया छ तिम्रो साथमा !
पोहोर साल मेहेन्दी थ्यो, मेरो नामको तिम्रो हातमा !!

झुक्यो नजर पहिलो भेटमा, कसरी म बयान गरौ
संगै हात समाई हिड्दा, जुनेली ति रातमा !!

Sunday, January 6, 2019

गजल

तिम्रो डोली अन्मिने छ, म मरेर गए पछी !
अनि दिल तड्पिने छ, म मरेर गए पछी !!
अक्षता र फुल संगै, जब तिम्रो स्वागत् हुन्छ
यता मट्टी पर्सिने छ, म मरेर गए पछी !!

Tuesday, December 25, 2018

गजल


साथ दिई छाडी जाने, हात सम्झी रोए आज !
विश्वासमा दियौ धोका, घात सम्झी रोए आज !!

मन  मिल्यो बस्यो माया, पिरतिको बात संगै 
बिताएका मिठा-मिठा, रात सम्झी रोए आज !!

Thursday, July 20, 2017

गजल

यसपाली त के के सुन्छु, पराया छ तिम्रो साथमा !
पोहोर साल मेहेन्दी थ्यो, मेरो नामको तिम्रो हातमा !!

झुक्यो नजर पहिलो भेटमा, कसरी म बयान गरौ
संगै हात समाई हिड्दा, जुनेली ति रातमा !!

Tuesday, June 21, 2016

गजल

जिबन हलचल गराउदा, मन्दी आएको छ ।
साच्चै अचम्म मन पराउदा, मन्दी आएको छ ।।

गाजालु ती मृग नयन, काला केश राशी
एकोहोरो हेरी हराउदा, मन्दी आएको छ ।।

Tuesday, February 17, 2015

गजल

यो जिन्दगी कसैको, नाममा छ ।
रात दिन अनि सधै, साममा छ ।।

धेरै भन्न बाकी थिए, मन्का कुरा
गुम्सिएका बेनामी यो, खाममा छ ।।

Monday, February 16, 2015

गजल

सोच्दै छु साथ, नपाउदा जे होला ।
बारम्बार याद, नआउदा के होला ।।

कुनै समय, यादले मेरो साथ
बाडुल्की लागि, सताउदा थे होला ।।

Sunday, February 15, 2015

गजल

प्रेमले त्यस्तो, नकाब लिए पछी ।
म बाचु कसरी, तनाब दिए पछी ।।

सकिन्छ बाच्न, जवानिको उर्लदो
प्रेमको उच्च, बहाब सिए पछी ।।