Thursday, July 20, 2017

गजल

यसपाली त के के सुन्छु, पराया छ तिम्रो साथमा !
पोहोर साल मेहेन्दी थ्यो, मेरो नामको तिम्रो हातमा !!

झुक्यो नजर पहिलो भेटमा, कसरी म बयान गरौ
संगै हात समाई हिड्दा, जुनेली ति रातमा !!


भुल्न सक्छौ तिमीले आज, गल्ति गर्यौ कति कति
जानि जानि हामीले, जवानीको मातमा !!

पाइला पाइला साथ दिए, मागे जति पुर्याई दिए
के थियो र तिमीलाई, दिल दुख्ने मेरो बातमा !!

बर्षौ पछी तिमीले, जात न पातको भनि गयौ
बुझ्न कैले सकिन खै, के राख्याथ्यो मेरो जातमा !!


अभागी कान्छा गाउले
तोपगाछी, झापा


No comments:

Post a Comment