Wednesday, February 11, 2015

केहि शेरहरु

१.
सम्झिएर तिमीलाई, तस्बिर हेरी रुन्छु!
तिमी सुरु अन्त्य मेरो, अतित फेरी रुन्छु !!

कसो गरी ज्युन सक्छु, छाडी गयौ भने
एकान्तमा बसी तिम्रै, तस्बिर केरी रुन्छु !!

xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

२.
रात बिताए हिजो, ऋतुको साथमा ।
दिन कटाउछु आज, साया छ हातमा ।।

धेरै दिनमा आज, कुरा भो यसरी
थियो तागत दिने, मन्दीको बातमा ।।

xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

३.
लाग्दैन माया तिम्रो भनि, ढाटु कसरी !
अब आफ़्नै मुटुलाई पनी, ढाटु कसरी !!

मन्दी.... बिनाको समय, यसरी मैले
बाच्नुको सार छैन अनि, ढाटु कसरी !!

xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

४.
अब मर्नु र बाच्नुको, फैसला छ बाँकी !
के छ भन विचार एक, मात्र छोरी बा'की !!

मन्दी गा'छ म मरेको खबर पाउछौ
हुन्न भन मुटु माथि, तिमी ढुङ्गा राखी !!

xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

५.
खै यो माया लाइयो, कस्तो कस्तो !
जिन्दगी छैन अचेल, जिन्दगी जस्तो !!

यो जिबनमा यसरी, मन्दीले छायो
न त माया महङ्गो भो, न त सस्तो ।।

xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

६.
यस्तो कठोर निर्णय, समयले गर्न सक्छ !
मेरो माया कसैलाइ, चिठामा पर्न सक्छ !!

रुझाएर नयन मेरा, "मन्दी" आ'छ जिबन
मेरो नामको सिन्दुर, कसैले भर्न सक्छ !!

xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

७.
आँखा आँखा जुधे पछि, बयान गरौ कसरी म ।
पैलो भेट्मै फेरी उन्को, भरमा परौ कसरी म ।।

मन्दी आsछ जिबनमा, पलाउछ रे मुना फेरी
जवानी छ ऋतु पछि, वसन्तमै मरौ कसरी म ।।

xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

८.
यो मन भन्छ कि त तैले, कतै माया लाएको छ ।
अनि भन्छ जिन्दगीमा, त्यस्तो साथी पाएको छ ।

न त कुनै जवाफ छ, न त मेरो दबाब छ ।
चारै तिर यो जिन्दगी, मन्दीले नै छाएको छ ।।

xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

९.
समयले हामी एक, बनाउछ कैले फेरी ।
माया देखी ए भगवान, नछुटाउनु तैले फेरी ।।

मेरो मायाको अञ्जुली, समयमै भरी दिनु
नत्र तिमिले भनौला, नसुनौला मैले फेरि ।।

xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

१०.
म त बाचेर मरेको मान्छे !
तिम्रो नजरमा झरेको मान्छे !!

समयले आज रेट्यो जिन्दगी
जीवन धरापमा परेको मान्छे !!

फुल हु म त्यस्तो एउटा हेर
सधै हासेर झरेको मान्छे !!
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

११.
नेता र जनतामा, को खराब देख्नु हुन्छ !
बचाउमा अपराधि,किन सरकार छेक्नु हुन्छ !!

बन्द कर्ता अपराधि, सबैलाई फासी दिने
मेरो एउटा प्रश्न यो छ, संबिधानमा लेख्नु हुन्छ !!

xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

अभागी कान्छा "गाउँले"
तोपगाछी, झापा 

No comments:

Post a Comment