Thursday, February 12, 2015

गजल

ग्रल फ्रेन्ड छाडिन्छ, संबिधान बनेमा !
गधा गाइ देखिन्छ , संबिधान बनेमा !!

खेल यस्तो खेल्छन, बादरहरु सधै
अंकमाल गरिन्छ, संबिधान बनेमा !!


बन्द भित्रै शुन्दरी, बलत्कार भए'सी
आफ्नोपन सम्झिन्छ, संबिधान बनेमा !!

खिच्चा कुकुरहरु, भुकी रहन्छन
उदेश्यमा लम्किन्छ, संबिधान बनेमा !!

हामि बेकुफ जनता, चाकडीमा नेताको
अघि पछी लागिन्छ, संबिधान बनेमा !!

(बोनसमा एक शेर )

हिमाल पहाड संगै, तराई एक हुदा
यस्तो कथा लेखिन्छ, संबिधान बनेमा !!

अभागी कान्छा "गाउँले"
तोपगाछी, झापा

No comments:

Post a Comment