Tuesday, February 17, 2015

गजल

यो जिन्दगी कसैको, नाममा छ ।
रात दिन अनि सधै, साममा छ ।।

धेरै भन्न बाकी थिए, मन्का कुरा
गुम्सिएका बेनामी यो, खाममा छ ।।


मन्दी आए जिबनमा, सीता भन्दा के कम
खास बात कलियुगको, राममा छ ।।

समयले आज फेरि, पिरतीमा
जिन्दगी नै परेको, जाममा छ ।।

सम्झिएर नरोएको, कुनै पल छैन्
आज भोलि अश्रुधारा, माममा छ ।।

०७/०१/२०१५
अभागी कान्छा गाउँले
तोपगाछी, झापा

No comments:

Post a Comment