Monday, September 30, 2013

गजल


प्रदेशीए बा-आमाको, भर अझै उस्तै होला !
दशैँ आयो भत्किएको, घर अझै उस्तै होला !!

कमाएर नयाँ छाना, फेर्छु भन्थे यो दशैमा 
बर्षादमा पानी चुने, खर अझै उस्तै होला !!

Sunday, September 29, 2013

गजल


काटे रगत् सब् को एकै, जात् को कुरा नगर भो !
सानो ठुलो भनि सधै, घात् को कुरा नगर भो !!

बुझ्नु पर्छ नारी पुरुष, एकै रथका दुइ पांग्रा
दुबै मिले के हुन्न र, हातको कुरा नगर भो !!

Saturday, September 28, 2013

तपाइको शब्द मेरो आवाज (२८-०९-२०१३ )

प्रबासी अनलाइन रेडियोको प्रस्तुती कार्यक्रम "तपाइको शब्द मेरो आवाज" तपाई कै गाउँले साथीको साथमा

Friday, September 27, 2013

गजल


बल्झिएर अतित मेरो, पाटो जिन्दगीको !
कोट्याउदै छु घाउ आज, खाटो जिन्दगीको !!

Thursday, September 26, 2013

तपाइको शब्द मेरो आवाज ( २१-०९-२०१३ )

प्रबासी अनलाइन रेडियोको प्रस्तुती कार्यक्रम "तपाइको शब्द मेरो आवाज" तपाई कै गाउँले साथीको साथमा

Wednesday, September 25, 2013

गजल सवाल-जवाफ

केटी

घरमा बे'को कुरा चल्यो, भन अब के गरु म !
तिमी बिना यो जिन्दगी, भयो बाँचु मरु म !!

युगौ युग बाँची र'ने, अजम्बरी माया हो यो
कसो गरि दिलको ढोका, बन्द गरी सरु म !!

Tuesday, September 24, 2013

गजल

ठाडो घाटी बोटल साथी, लिएर नयाँबर्ष !
उन्कै यादमा मनाउदैछु, पिएर नयाँ बर्ष !!

गाउँ बस्दा उनी समीप, हुदाको मजा बेग्लै
उन्को साथ अनि गाउँले, थिए'र नयाँ बर्ष !!

Monday, September 23, 2013

आज मेरो एउटा यस्तो, दिल दुखेको गजल लेख्छु !
छाती भित्र पिरतीको, ब्यथा लुकेको गजल लेख्छु !!

मेरो घरको आगन टेकी, जन्ती आइ खुशी लुट्दा 
हिक्का हिक्का आज मेरो सास रुकेको गजल लेख्छु !!

Thursday, September 19, 2013

गजल


कति मिठो लाग्छ सुन्दा, कुरा शुन्दरीको ! 
बन्धकीमा छ यो ज्यान, सुरा शुन्दरीको !!

बेहोसी भैं ढले जब, जुधे पछी नजर 
दिलै हर्ने नजर ति, छुरा शुन्दरीको !!

Wednesday, September 18, 2013

गजल



निर्देशकलाई हात लिए, मैले के बिराए !
कथाले मागेको दिए, मैले के बिराए !!


रंग मंचको दुनियामा, अघि बढ्नलाई 
पार्टीमा एक प्याक पिए, मैले के बिराए !!

Tuesday, September 17, 2013

गजल

रुझेका ती नयन देख्दा, नाचौं म कसो गरी !
रुवाएर तिमीलाई, बाँचौं म कसो गरी !!

आँखा भरि छल्किएका, मोति दाना देख्दा मैले
गह भरि आँशु पारी, साचौं म कसो गरी !!

Friday, September 13, 2013

गजल


सानो कुरा ठुलै लेख्यो, पत्रकार भए पछी !!
कति हान्यो कति मार्यो, छापामार भए पछी !

दिन रात बास थे'न, टाउकोको मुल्य तोक्दा
सरकारी निर्णयको , समाचार भए पछी !!

Sunday, September 8, 2013

तपाइको शब्द मेरो आवाज ( ३१-०८-२०१३ )



प्रबासी अनलाइन रेडियोको प्रस्तुती कार्यक्रम "तपाइको शब्द मेरो आवाज" तपाई कै गाउँले साथीको साथमा

Friday, September 6, 2013

गाजल

  देशमा एउटा राजधानी छ, अरु केहि छैन !
बैश बिसाउने जवानी छ, अरु केहि छैन !! १

बाँदरहरु बसी रहन्छन, सिंह दरबारका
देश बनाउने कुराकानी छ, अरु केहि छैन !! २

Thursday, September 5, 2013

गजल

हाम्रो नाता गाढा थियो, तोडेर के पायौ ?
भन तिम्ले मेरो साथ, छोडेर के पायौ ??

कलेजीमा सजाएर, पराई झैँ ठानी
साथ छोडी बाटो अन्तै, मोडेर के पायौ ??

Wednesday, September 4, 2013

गजल




तीज आयो सानी दिदी, बाटो हेर्दै होलिन् बा !
चाडै जानु लिनलाई, नत्र दिदी रोलिन् बा !!

Tuesday, September 3, 2013

गजल


कालो सुची दलालीको, नाम देख्छु काठमाण्डौमा !
फेरी आज राष्ट्र बेच्ने, लाम देख्छु काठमाण्डौमा !!


जाली फटाहा चोर बस्ने, बेईमानी यो शहर भित्र
कोही - कोही ईमान्दारी, राम देख्छु काठमाण्डौमा !!

Monday, September 2, 2013

गजल


भा'को घर भत्काएर, छोडी अन्तै जान्छौ भने !
खुशी हुदै उतै नाता, जोडी अन्तै जान्छौ भने !! १

जाउ माया रुवाएर, आशु पिई बाचुला म
पराइको घुम्टो तिमी, ओढी अन्तै जान्छौ भने !! २