Monday, September 23, 2013

आज मेरो एउटा यस्तो, दिल दुखेको गजल लेख्छु !
छाती भित्र पिरतीको, ब्यथा लुकेको गजल लेख्छु !!

मेरो घरको आगन टेकी, जन्ती आइ खुशी लुट्दा 
हिक्का हिक्का आज मेरो सास रुकेको गजल लेख्छु !!

डोली माथि सजिएर, गयौ सारा खुशी लिई
साथ छुट्यो वियोगमा, आशु सुकेको गजल लेख्छु !! 

मेरो प्राण जिन्दगीको, आदी अन्त्य तिमी भन्थे 
दुनियाको सामु ठाडो, शिर झुकेको गजल लेख्छु !!

कत्ति माया गर्थे दैब, नुन भन्दा पनि धेरै 
"गाउँले"को खुशी लुट्दा, भाग्य चुकेको गजल लेख्छु !!

निष्ठुरी तँ दैबलाई, प्रेमको पिडा के थाहा छ ?
किन मर्छस कान्छा भनी, सबले थुकेको गजल लेख्छु !!
३०/१०/२०१२


 

No comments:

Post a Comment