गजल
तीज आयो सानी दिदी, बाटो हेर्दै होलिन् बा !
चाडै जानु लिनलाई, नत्र दिदी रोलिन् बा !!
सकिन म फर्की आउन, बिर्सिएछ भाइले सोच्लिन
आएन भाइ फर्की भनि, मेरो फोटो छोलिन् बा !!
धेरै भयो कुराकानी, नगरेको फोनमा पनि
मोती दाना चुहाएर, नयनलाई धोलिन् बा !!
मध्य रात सपनीमा, दुब्लाएकी दिदी देखे
पिढी माथि संगै बसी, मनका पिडा खोलिन् बा !!
बिर्सिएर चेलीलाई, पारदर्शी शहरमा
बद्लिएछ्स् कान्छा भनि, भक्कानिन्दै बोलिन् बा !!
३०/०८/२०१२
No comments:
Post a Comment