Friday, September 13, 2013

गजल


सानो कुरा ठुलै लेख्यो, पत्रकार भए पछी !!
कति हान्यो कति मार्यो, छापामार भए पछी !

दिन रात बास थे'न, टाउकोको मुल्य तोक्दा
सरकारी निर्णयको , समाचार भए पछी !!

युद्ध लडे दशौ बर्ष, के पायो यो लडाकुले
गल्ती गरे रोइ बस्छ, समझदार भए पछी !!

नयाँ क्रान्ती ल्याउने भन्थे, आज पनि उस्तै नै छ !
धेरै सिउदो पुछिएर, होनहार भए पछी !!

लडाकु थे हिजो भनी, पेट कहाँ भर्न सक्नु
अनि लागे विदेश तिर, बेरोजगार भए पछी !!
२४/०४/२०११

अभागी कान्छा "गाउँले"
तोपगाछी, झापा

No comments:

Post a Comment