Tuesday, September 24, 2013

गजल

ठाडो घाटी बोटल साथी, लिएर नयाँबर्ष !
उन्कै यादमा मनाउदैछु, पिएर नयाँ बर्ष !!

गाउँ बस्दा उनी समीप, हुदाको मजा बेग्लै
उन्को साथ अनि गाउँले, थिए'र नयाँ बर्ष !!


धुजा-धुजा कागज सरी, फाटेको मन् आज
प्याक-प्याक लगाउदैछु, सिएर नयाँ बर्ष !!

बनावटी हासो देखाई, बाँच्नु नै जिन्दगी भो
बाँचे पनि ज्युदो लास झैँ, जिएर नयाँ बर्ष !!

सबै तिर खुशी छाओस, मेरो त यस्तै छहै
निष्ठुरीको नाममा आज, खिएर नयाँ बर्ष !!
१३/०४/२०१२

No comments:

Post a Comment