Thursday, September 5, 2013

गजल

हाम्रो नाता गाढा थियो, तोडेर के पायौ ?
भन तिम्ले मेरो साथ, छोडेर के पायौ ??

कलेजीमा सजाएर, पराई झैँ ठानी
साथ छोडी बाटो अन्तै, मोडेर के पायौ ??



उस्ले जति माया मैले, दिएकै त थिए !
के कमी भो अन्त नाता, जोडेर के पायौ ??

भर्दा सिउदो पराईले, मरेर म बाँचे
पराईको घुम्टो तिम्ले, ओढेर के पायौ ??

बाटो मोड्यो उस्ले पनि, देखाएर दोष
आफ्नै शिर ढुङ्गा माथि, फोडेर के पायौ ??
१०-०५-२०१२

No comments:

Post a Comment