Sunday, September 29, 2013

गजल


काटे रगत् सब् को एकै, जात् को कुरा नगर भो !
सानो ठुलो भनि सधै, घात् को कुरा नगर भो !!

बुझ्नु पर्छ नारी पुरुष, एकै रथका दुइ पांग्रा
दुबै मिले के हुन्न र, हातको कुरा नगर भो !!

गाउँ भरी चर्चा होला, जबानिले मात्तिएर 
बाध्यताले प्रदेशीए, मातको कुरा नगर भो !!

लिलामीमा पर्यो जिबन, दिन पनि रात भयो !
पलपल मरी बाँची रा'छु, रातको कुरा नगर भो !!

भाग्य खोज्दा प्रबासमा, हाँसो खुशी लुटी छाड्यो !
समाजमा  शब्द रुपी लातको कुरा नगर भो !!










No comments:

Post a Comment