Monday, September 30, 2013

गजल


प्रदेशीए बा-आमाको, भर अझै उस्तै होला !
दशैँ आयो भत्किएको, घर अझै उस्तै होला !!

कमाएर नयाँ छाना, फेर्छु भन्थे यो दशैमा 
बर्षादमा पानी चुने, खर अझै उस्तै होला !!

छोई सक्नु हुन्न कैले, पैले जस्तो यो दशैँमा 
महंगीको उच्च मुल्य, दर अझै उस्तै होला !!

झिलीमिली तारा देख्ने, भए पनि झुपडीमा 
टिका थाप्ने साना-ठुला, लहर अझै उस्तै होला !!

ठुलाबाट दशैँ भरी, दुई तिर टिका लाउने,
आफ्नै सस्कार नेवारी यो, थर अझै उस्तै होला !! 

१९/१०/२०१२ 

No comments:

Post a Comment