Thursday, September 19, 2013

गजल


कति मिठो लाग्छ सुन्दा, कुरा शुन्दरीको ! 
बन्धकीमा छ यो ज्यान, सुरा शुन्दरीको !!

बेहोसी भैं ढले जब, जुधे पछी नजर 
दिलै हर्ने नजर ति, छुरा शुन्दरीको !!

संगीतको खानी लाग्छ, हुदा समिपमा  
नारीमा ति बजी र’ने, चुरा शुन्दरीको !!


गाजलु ति मृग नयन, काला केश राशि
कसरी म गरौ बयान, पुरा शुन्दरीको !!


आधा पेट खाइ सधै, ध्यान योगा गर्ने  
लोभै लाग्ने देख्दा शरीर, लुरा शुन्दरीको !!

१८/१२/२०१२

No comments:

Post a Comment