Tuesday, September 3, 2013

गजल


कालो सुची दलालीको, नाम देख्छु काठमाण्डौमा !
फेरी आज राष्ट्र बेच्ने, लाम देख्छु काठमाण्डौमा !!


जाली फटाहा चोर बस्ने, बेईमानी यो शहर भित्र
कोही - कोही ईमान्दारी, राम देख्छु काठमाण्डौमा !!



जातै पिच्छै पार्टी खोल्दै, मेची देखी काली सम्म
राज्य खोज्दै बन्द गर्दा, जाम देख्छु काठमाण्डौमा !!


प्रदेशका जवान सबै, फर्की अब नेपालमा
युवा मिली गर्नु पर्ने, काम देख्छु काठमाण्डौमा !!


महंगीको सिमा हुन्न, हाहाकार पानी पनि
तर आज मिसावट, माम देख्छु काठमाण्डौमा !!

No comments:

Post a Comment