Tuesday, September 17, 2013

गजल

रुझेका ती नयन देख्दा, नाचौं म कसो गरी !
रुवाएर तिमीलाई, बाँचौं म कसो गरी !!

आँखा भरि छल्किएका, मोति दाना देख्दा मैले
गह भरि आँशु पारी, साचौं म कसो गरी !!


खुशी सँग बाँच तिमी, फूल भइ सजिएर
कोपिला मै बोटलाई, भाचौं म कसो गरी !!

परिबर्तन सबै देख्छन्, हाँसी खुशी बोले पनि
बिना रोग सुकि रा’छु, जाँचौं म कसो गरी !!

चोट सही बाँची दिन्छु, सिसा सरि सधै-सधै
टुक्रिएको मुटुलाई, गासौं म कसो गरी !!
१४/०२/२०१२

No comments:

Post a Comment