Wednesday, September 25, 2013

गजल सवाल-जवाफ

केटी

घरमा बे'को कुरा चल्यो, भन अब के गरु म !
तिमी बिना यो जिन्दगी, भयो बाँचु मरु म !!

युगौ युग बाँची र'ने, अजम्बरी माया हो यो
कसो गरि दिलको ढोका, बन्द गरी सरु म !!


मर्नु हुन्न हाम्रो प्रेम, संसारको नमुना होस्
सोच्दिन कै यो जिन्दगी, तिमी बिना अरु म !!

तर्न बाँकी कति होलान्,जिन्दगीका खोलिहरु
कसो गरी पराइको, हात समाई तरु म !!

 मेरो साथ तिमी मात्र, आदि अन्त्य जिन्दगीको
छैनौ  तिमी मेरो साथ, ज्यानै दिन्छु बरु म !!

No comments:

Post a Comment