Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

Monday, March 4, 2019

कविता : अरबको कथा

~अभागी कान्छा गाउँले~
तलब आएको पहिलो शुक्रबार को बिहानी,
करिब ७ बजे मोबाइल बज्यो
आँखा चिम्सो पार्दै हेरें-
उनैको थ्यो !
‘उनी’ अर्थात ‘फूलमाया’
एउटा क्लिनिङ्ग कम्पनीमा काम गर्छिन् उनी
स्वर मा मिठास भर्दै ‘हेल्लो’ भनें
”सुतिराख्या हो ?
सुन्नु न, आज हाम्लाई ‘सफारी मल’ लैजान्छन अरे,
८ बजे सम्म मा पुगिन्छ होला
छिट्टो उठेर आउनुस है…”

Monday, June 19, 2017

प्रेम प्रस्ताव ( कथा )

-सुरेश ‘समान’-
प्रेम प्रस्ताव (भाग- १)
 क.
“आइ लभ यु कब्ते!”
“पख मेरो ममीलाई भन्दिन्छु।” कबिताले कालो मुख लाएर धम्की दिइ। मेरो सातोपुत्लो उढ्यो। हतार हतार “हैन हैन आइ हेट यु,आइ हेट यु… नभन्दे है” भने।
एकदिन स्कुल जाँदै गर्दा कब्तेको ममीले साफ झाटिन बाटैमा – “एत्रो फुरौलो जस्त्रो छ, खुब लभ गर्ने हँ? कती किलास पुगिस?”
मैले “क्लास फाएभ” भने बिस्तारै।
“खुब आफुलाई ‘अम्ता बचन’ भन ठान्छेस तेरिमा गुइँठे। हेड्सरलाई भनेर तलाई रेस्टिकेट गरिदिउँ कि अब देखी कब्तेलाई आइ लभ यु भन्दिनस?”
“नाइ अब देखी भन्दिन अन्टी। हेड्सरलाई नभन्दिनोस।” मैले रुन्छे स्वरमा भने।
भोली देखी कब्तेको घरको बाटो छोडेर लामो बाटो स्कुल जान थालें। कब्ते पढाइमा तिखी थि। हरेक बर्ष ‘प्यारेन्टस डे’ मा पुरस्कार थाप्थी। सबैले उस्लाई ‘फस्ट गल’ भन्थे। स्कुलमा कताबाट हो हल्ला फैलिसकेछ। मलाई ‘फस्ट गलको ब्वाइ’ भनेर जिस्काउन थाले। म रिसाइ दिन्थे। ति के चुप लाग्थे-जिस्काइरहे।
त्यस्को पाँच बर्ष न म कब्तेसँग बोलेँ न कब्ते मसँग बोली।

Friday, August 23, 2013

स्काईपले गर्दा: कथा


म काठमाण्डौबाट भैरहवाको बसमा चढे। मेरो सिटमा एउटा बच्चा थियो र आडमा एउटा बच्चा काखमा लिएकी एउटी अधबैँसे नारी थिइन्। ती दुबै बच्चालाई काखमा लिनु भन्नपनि मानवियताले दिएन र म लामो यात्रामा उभिएरै जाने सम्भव पनि थिएन। ती दुबै बच्चा राम्रा भए पनि सफा थिएनन् त्यसैले काखमा लिउ-लिउ जस्तो लागेको थिएन। तर पनि बिबश भएँ म।

'यो सिटकी छोरीलाई तपाई काखमा