Monday, September 2, 2013

गजल


भा'को घर भत्काएर, छोडी अन्तै जान्छौ भने !
खुशी हुदै उतै नाता, जोडी अन्तै जान्छौ भने !! १

जाउ माया रुवाएर, आशु पिई बाचुला म
पराइको घुम्टो तिमी, ओढी अन्तै जान्छौ भने !! २



मेरो इच्छा खुशी बाँच, जहा मिल्छ तिमीलाई
मलाई देख्दा बाटो तिमी, मोडी अन्तै जान्छौ भने !! ३

झार्ने छैन कैले आँशु, सम्झिएर निस्ठुरी म
यौटा मुटु टुक्रा पारी, तोडी अन्तै जान्छौ भने !! ४

मेरो दिल्को बगैचामा, फुल्नलाइ टुसाएका
कोपिला मै नंङ्ग्ले तिमी, गोडी अन्तै जान्छौ भने !! ५
२१/०६/२०१३

No comments:

Post a Comment