Sunday, January 6, 2019

गजल

तिम्रो डोली अन्मिने छ, म मरेर गए पछी !
अनि दिल तड्पिने छ, म मरेर गए पछी !!
अक्षता र फुल संगै, जब तिम्रो स्वागत् हुन्छ
यता मट्टी पर्सिने छ, म मरेर गए पछी !!

जिन्दगीको फैसला भो, बेइमानी रात पनि
तिमी तिरै ढल्किने छ, म मरेर गए पछी !!
मान्छेको मन् ढुंगा जस्तो, बुझ्नलाई गाह्रो हुन्छ
केही लिने र दिने छ, म मरेर गए पछी !!
बधाई छ त्यो जिन्दगी, नबिझाओस् कैले पनि
त्यो मनले सम्झिने छ, म मरेर गए पछी !!

No comments:

Post a Comment