Friday, January 25, 2019

गजल



तिमी खुशी हुन्छौ भने, हाँस्दै बिदा दिउँला म !
खुशी सबै दीई तिमीलाई, दु:ख सबै लिउँला म !!
भित्री मन रोए पनि, आँशुले अधर धोए पनि
खुशी भई बाँच तिमी, मुटु जलाई जिउँला म !!

उतै तिमी रम्छौ भने, फाटेर पो के हुन्छ मन
तिम्रो लागि फाटेको मन, जिन्दगी भर सिउँला म !!
जहर राखी पानि भन्दै, तिम्रै हातले देउ प्याला
बिषै देउ छैन डर, अमृत मानी पिउँला म !!
०६/०९/२०११ 

No comments:

Post a Comment