Friday, February 1, 2019

के नेपाल सानो छ ?

अनायसै आखा यसरी रसाए
आज बर्षौ बितेछ
म सोचिरहेछु
मरुभुमिको छातीमा बसेर......

शब्द शब्दले नभन्नुहोस घोचेर
यहा“ बिदेशिनु रहरले हैन साथि
कारण के हो ? खोजि दिनुहोस् 
यदि सक्नु हुन्छ भने,
कस्लाई रहर होला र
मातृभुमिबाट टाढा हुने
आमाको त्यो न्यानो काख र
प्रियको त्यो मिठो साथ संगै
आत्मिय सुवासको सहबासबाट
बिछोडिएर
आफ्नै मन मुटु र मायालाई
देशमै छाडेर बिदेशीएको
त्यो दिन त्यो पल

एक मुठ्ठी सुख दिने र सुख पाउने आसामा
घरवारी बन्धक राखेर
बिदेशमा सुख र आनन्दले को बसेको छ  । साथि..
समयले कति छिटो कोल्टे फेरेछ
अचानक आमालाई ब्यथाले च्याप्दा
हस्पिटलको बेडबाट
टेलिफोनको हरेक बार्तालापमा
कान्छा एक पल्ट हासी दे
बार बार भन्नु हुन्थ्यो ।
भक्कानिएको र अबरुद्ध गला
आखा भरी छल्किएका आशुलाई
अन्जान बनेर सम्हालिदै
बनावटी हासो हासी दिन्थे । मुस्कुराई दिन्थे ।।

तर.... तर, आज
कसैले एक पल्ट हासी दे भन्दैनन् ।
किन कि
मेरी आमालाई भगवानले आफ्नो बनायो ।
मलाई टुहुरो बनायो ।।
म काममा जादा र आउदा 
आमाले बोल्नु भएका शब्दहरु कानमा गुञ्जिन्छन् ।
अनि संगै हुदा बिताएका पलहरु आखा अगाडी आउछन् ।
ति गल्लि गल्लि र खजुरका बोटहरुलाई थाहा छन् ।
पाईला पाईला आशुका धारामा डुबेर
भक्कानिदै हिडेका दिन र रातहरु

हावा नचली पात हलिन्न
सुन्छु जिबन साथिले पनि
अर्कै जिवन साथि रोजेर
डाडा काटी सकिन रे
म अब नेपाल फिर्दैछु साथि
भोगेका जानेका
आफ्नै शिप र मेहनतले पसिना बगाई
नेपालको माटो मलिलो बनाउनु छ ।
आफ्नै पेषा गर्नु छ ।

त्यसैले.... अव,
पूर्व उज्यालो हुदै गर्दा
मैले मेरो देशको माटो टेक्नु छ ।
विहानी चिसो हावाको झोक्का संगै
हलो, कुटो अनि कोदालोको साथमा
शितल आमाले रोप्नु भएको
रुखको छहारीमा बसी
पुर्खा देखि चली आएको 
आफ्नै पेशा गर्नु छ, मैले...
त्यसैले,
मेरो देश नेपाल
के सानो छ ? 
म सोचि रहेको छु ।
मरुभुमिको छातीमा बसेर......

            

No comments:

Post a Comment