Friday, February 22, 2019

गजल : मन्दी आएको छ

~अभागी कान्छा गाउँले~
जिबन हलचल गराउदा, मन्दी आएको छ
साच्चै अचम्म मन पराउदा, मन्दी आएको छ

गाजालु ती मृग नयन संगै, काला केश राशी
एकोहोरो हेरी हराउदा, मन्दी आएको छ



आहा ! हरियाली वसन्तको, कमी भो जिबन
मन्को कुरा भन्न डराउदा, मन्दी आएको छ

आयो समय मुटु चुडेर, डोलि चढाइ जन्ती
आखै सामु खोली तराउदा, मन्दी आएको छ

तोपगाछी, झापा

No comments:

Post a Comment