Thursday, February 28, 2019

गजल : मन बद्लिन्छ !

~अभागी कान्छा गाउँले~
मान्छे बद्लिन्छ, मन बद्लिन्छ !
हेर्दै जाउ उस्को, तन बद्लिन्छ !!

नहेप धेरै, अछुत भनि
काले कामीको, घन बद्लिन्छ !!



जाली फटाहा, अधिकृत छन्
यस्तै हो भने, बन बद्लिन्छ !!

फेद न टुप्पो, छ यो सरकार
देशको स्थिती, झन बद्लिन्छ !!

हुर्किए हेर, गाउका चिल्लर
समाते सबै, डन बद्लिन्छ !!

नेपाली यहाँ, बिदेशी देख्छु
सबैको आफ्नो, पन बद्लिन्छ !!

तोपगाछी, झापा

No comments:

Post a Comment