Saturday, March 2, 2019

गजल : अन्तै डेरा सर्नु भन्दा

~अभागी कान्छा गाउँले~
यता घर सजाएर, अन्तै डेरा सर्नु भन्दा
म नै पहिला मर्नु परोस, तिमी मर्नु भन्दा

पानी भनी जहर पिलाउ, “मन्दी” तिम्रै हातले
छातीमा बसी मुटुमा छुरा, प्रहार गर्नु भन्दा



बाच्नु छैन अब जिबन, छुट्टिएर तिमी संग
प्राण त्याग्ने निर्णय छ, तिम्रो भर पर्नु भन्दा

चिता माथि सजिएर, घाटमा जल्नु मैले परोस
जन्ती संगै तिम्रो डोली, पैले खोली तर्नु भन्दा

मेरो पनि मनै त हो, दुख्छ तिम्ले बुझी दिनु
“मन्दी” किन लाउनु ब्यर्थै, तिम्ले, माया हर्नु भन्दा

तोपगाछी, झापा

No comments:

Post a Comment