Saturday, February 9, 2019

गजल



जिन्दगीमा हाँसो लिई, आँशु दिने मान्छे तिमी !
विश्वासमा धोका दिई, आँशु दिने मान्छे तिमी !!
निर्दोष ती नजरले, जाली माया बिछ्याएर
देखावटी सँगै जिई, आँशु दिने मान्छे तिमी !!

म त प्यासी त्यै रुपको, कत्ति थिए चाहाहरु
खुशी जति सबै पिई, आँशु दिने मान्छे तिमी !!
चोट लाग्दा आँशु झारी, पट्टी गरे जस्तो गरि
सारा देख्ने दृष्टि सिई, आँशु दिने मान्छे तिमी !!
दुश्मन हुँ नारीको म, मेरै सामु अर्कै सँग
अंगालोमा लिप्त थिई, आँशु दिने मान्छे तिमी !!
३०/०३/२०१२ 

No comments:

Post a Comment