Tuesday, December 25, 2018

गजल


साथ दिई छाडी जाने, हात सम्झी रोए आज !
विश्वासमा दियौ धोका, घात सम्झी रोए आज !!

मन  मिल्यो बस्यो माया, पिरतिको बात संगै 
बिताएका मिठा-मिठा, रात सम्झी रोए आज !!


धेरै पछी याद आयो, आज फेरी उही पल 
मन्त्र मुग्ध पार्ने उन्को,बात सम्झी रोए आज !!

खडेरी  भो बसन्तमा, अनि चल्यो आधी हुरी 
आँखा तर्दै सम्झाएको, औकात सम्झी रोए आज !!

सानो  ठुलो कुरा गर्यौ, परिबर्तन ठुलै थियो !
अछुत भन्दै टाढा भयौ, जात सम्झी रोए आज !!

१७/१२/१२ 

No comments:

Post a Comment