Sunday, February 24, 2013

गजल



फुल्न लाग्या कोपिलामा, असिनाले चुटे पछी !
काहाँ फुल्नु माटोको त्यो, भाडो सरी फुटे पछी !!

मेरै मन्को मझेरीमा, बास बस्ने सधै उनि
जोड्न कहाँ सजिलो छ, टुक्रा भइ छुटे पछी !!

चर्चा जब चल्न थाल्यो, सस्कारको बिरुद्धमा
सानो ठुलो जात भन्दै, गाउँ बस्ती जुटे पछी !!

दिल्को ठाउ पराईले, जमाए'सी तिमी आयौ !
पर्खाइमा धर्यताको, सबै बाँध टुटे पछी !!

मैले गर्ने माया जस्तै, उन्ले सधै गरे पनि
के नै लाग्छ छुटाउन, समयले लुटे पछी !!

१९/०४/२०१२

No comments:

Post a Comment