Tuesday, February 19, 2013

गजल





धुरु-धुरु रोए आँशु, सुक्छ बुझी दिनु !
हिक्का-हिक्का फेरी सास,रुक्छ बुझी दिनु !!

मेरो जस्तै हात छाडी, थामे पराइको
उस्को पनि मन हुन्छ, दुख्छ बुझी दिनु !!


बैमानिको दाग लाग्ला, बाटो अन्तै मोडे 
गति फाले दुनियाले, थुक्छ बुझी दिनु !!


जे-जे गर्छौ गर तिमी, खुशी संग तर 
साथ छाडे उस्को लक्क्ष,चुक्छ बुझी दिनु !!


तिमी सँगै बसाएको, पिरतिको घर 
हुरी सरि उडे शिर, झुक्छ बुझी दिनु !!

No comments:

Post a Comment