Thursday, February 21, 2013

गजल



बिकासमा अघि बढ्छु, माग्यौ भोट हाले नेता !
ऐले देख्छु औठा छाप, पाले देखी राले नेता !!

 त्यस्तो काम गर्नु बाबु, सगरमाथा शिर जस्तै
देश अनि नेपालीको, भन्थे सधै बाले नेता !!

हत्या हिंसा फैलाएर, कैले सम्म अघि बढ्छौं ?
जातै पिच्छे पार्टी खोल्छौ, होसियार भाले नेता !!

मर्नु पर्छ तिम्ले पनि, लिएर त जान्नौ केहि
अझै कति दु:ख दिने, जनतालाई, लाले नेता !!

भारतको गौरब रे, हाम्रो नोटमा राख्ने बुद्ध
छिमेकीले धावा बोल्छ, किन मौन साले नेता !!

No comments:

Post a Comment