Friday, February 15, 2013

गजल


एकै छिन्मा बस्मा पार्ने, बात कस्तो नारीको !
साथ दिन्छु सधै भन्ने, हात कस्तो नारीकी !!

नारी बिना जिन्दगी त, हुन्छ बिना नुन्को रे
कल्पनामा एक्लै बित्ने, रात कस्तो नारीकी !!

अलि कति  पिए पछी, प्यास पनि मेटिने
नशा भित्र फसे पछी, मात कस्तो नारीकी !!

माया गर्छन् मुस्कानमा, मिठो छरी सुवास
बिर्सीएर बाँचा सबै, घात कस्तो नारीकी !!

साथ संगै हुदा पनि, बुझ्न कैले सक्या छैन् !
नहुदा नि न हुने खै, जात कस्तो नारीको  !!

                       ०९/०३/२०१२


No comments:

Post a Comment