Tuesday, February 5, 2013

गजल


भाषण दिने नेता’जी’ को, बोलीको के भर छ र !
आजको काम आजै गर, भोलीको के भर छ र !!

निसानीलाई बसमा राख, बन्दुक भए हातमा
बन्दुक बाट निस्किएको, गोलीको के भर छ र !!

अत्याचारले सिमा नाघ्यो, बिदेशीको अनुदान
दुखीलाई राहात बाड्ने, टोलीको के भर छ र !!

मुटु काप्ने जाडोमा, मिनिस्कर्ट र टि-सर्ट हुदा
नेपालीपन चौबन्दी यो, चोलीको के भर छ र !!

पाश्चात्यमा ढल्किएर, नेपालीपन भुले पछी
सप्तरंगी रंगहरुको, होलीको के भर छ र !!

                                          ०२/१२/२०११

No comments:

Post a Comment